काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । 

अधिकांशले ब्याजदरमा कटौति गरेपछि मंसिरको तुलनामा पुस महिनाका लागि तोकिएको ब्याजदरको औसत पनि घटेको छ । 

सानिमा र प्रभू बैंकबाहेक अन्य १८ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । सानिमा र प्रभूले चाहिँ मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

मुद्दति निक्षेपतर्फ ब्याजदर सबैभन्दा धेरै कटौति गर्ने बैंकरुमा हिमालयन, सिटिजन्स(संस्थागततर्फ बढी कटौति), एभरेष्ट, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, एसबीआई, माछापुच्छ्रे, एनएमबी, सिद्धार्थ, नवील र नेपाल बैंक रहेका छन् ।

एनआईसी एशिया, कृषि विकास, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक लगायतले समेत सामान्य अंकले ब्याजदर घटाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा कम अंकले ब्याजदर घटाएको छ । 

कटौतिसँगै मंसिरका लागि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर क्रमशः ९.६१२६ र ७.५२६६ प्रतिशत कायम भएकोमा पुसका लागि घटेर क्रमशः ८.९९१ र ६.८८८ प्रतिशत कायम भएको छ । 

बाँकी टेबलमा हेर्नुहोस्: