काठमाण्डौ। साताको दोस्रो कारोबार दिन सोमबार सुन  तथा चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ ।

यो दिन छापावल सुनको भाउ प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १२ हजार ६५० रुपैयाँ रहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार भने छापावाल सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन चाँदीको भाउ १ हजार ३६० रुपैयाँ कायम भएको छ ।अघिल्लो कारोबार दिन भने तोलामा १ हजार ३८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।