काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातुको सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो । 

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ ।

यो दिन चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो दिन अन्तरराष्ट्रिय बजारमा भने सनुको भाउ बढेको छ । सुनको  मूल्य प्रतिऔंस २ हजार ३३ डलरमा कारोबार भइरहेको छ ।