काठमाण्डौ । नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ घटेको हो ।

यो दिन छापावला सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै यो दिन चाँदीको भाउ पनि घटेको छ । यो दिन चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.२४ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।