काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ४०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँ बढेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19