काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।