काठमाण्डौ । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। यो गिरावटसँग आज प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ।

हिजो बुधबार भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार तोलामा ६०० रुपैयाँ बढेको सुनको भाउ सोमबार २०० रुपैयाँले घटेको थियो भने मंगलबार तोलामै एकै दिन १ हजार ५०० रुपैयाँ बढेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो स्थिर रहेको चाँदीको भाउ मंगलबार तोलामा ३५ रुपैयाँ बढेको थियो भने सोमबार ५ रुपैयाँ र आइतबार २० रुपैयाँ बढेको थियो।