काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19