काठमाण्डौ । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्डको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ कायम भएको छ। 

गत चैत ३० गते फाइन गोल्ड १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ स्थिर रहेको थियो। 

यसैगरी आज तेजाबी गोल्ड पनि तोलामा ७५० रुपैयाँले घटेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते तेजाबी गोल्ड १ लाख १० हजार २५० रुपैयाँमा कारोबा भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।