काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डमा ५०० रुपैयाँ र तेजाबी गोल्ड ४५० रुपैयाँ घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो प्रतितोला फाइन गोल्डमा ३०० रुपैयाँ र तेजाबी गोल्ड २५० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19