काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज सोमबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ३०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19