काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डमा १०० रुपैयाँ र तेजाबी गोल्डमा ५० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।