काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।