काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँ कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो भने तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19