काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।