काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।