काठमाण्डौ । लगातार दुई दिन बढेको कच्चा तेलको भाउ बिहीबार घटेको छ। 

अन्तर्राष्ट्रिय बजारमा गत मंगलबार र बुधबार कच्चा तेलको दाम उकालो लागेको थियो। बुधबार कच्चा तेलको भाउ बढेर प्रतिब्यार ९६ डलर नजिक पुगेको थियो। जुन एक वर्षयताकै उच्च हो। 

अन्तर्राष्ट्रिय बजारमा बिहीबार भने कच्चा तेलको १.६३ डलरले घटेको छ। योसँगै ब्रेन्च क्रुड प्रतिब्यारल ९५.१८ डलरमा कारोबार भएको थियो। 

डब्ल्यूटीआई पनि बिहीबार २.१० डलरले घटेर प्रतिब्यारल ९१.८३ डलरमा कारोबार भएको छ। अघिल्लो दिन डब्ल्यूटीआई ९४ डलर माथि प्रतिब्यारल कारोबार भएको थियो। –एजेन्सी