काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले गिरावट आएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।