काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदी भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।