काठमाण्डौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको  भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७००रुपैया र तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

गत शुक्रबार छापावाल सुनको भाउ १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा  कारोबार भएको थियो ।


यो दिन चाँदीको भाउ भने १ हजार ३८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार १ हजार ४०० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।