काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ शुक्रबार घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो ।यो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो दिन चाँदीको भाउ भने बढेको छ । यो दिन चाँदीको भाउ ५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।