काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको  छ।

केहि दिन यता सुनको भाउ अस्थिर रहेको छ । यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने बढेको छ ।त्यस्तै चाँदीको मूल्य यो दिन १ हजार ५४० कायम भएको छ । 

यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ प्रतिऔंस २ हजार ४० डलरमा कारोबार भइरहेको  छ।