काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलमा १ हजार ३०० रुपैयाँ घटेको हो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

शुक्रबार भने तोलामा १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी अन्तरराष्ट्रिय बजारमा भने सनुको मूल्य घटेको  छ। यो दिन सुनको मूल्य प्रतिऔंस २ हजार १९ डलरमा कारोबार भइरहेको छ ।