काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ ।

यसैगरी, यो दिन चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २०० रुपैयाँले घटेको

यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ रहेको छ । त्यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । 

त्यसो त यो दिन चाँदीको भाउ भने स्थिर छ । यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँ रहेको छ ।

त्यस्तै यो दिन अन्तररराष्ट्रिय बजारमा घटेको  छ। यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।