काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको कारोबार प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यो दिन तेजावी सुनको भाउ भने प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार छ । 

त्यसैगरी,चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।आज प्रतिऔंस सुनको भाउ २ हजार ४३ डलरमा कारोबार भइरहेको छ ।