काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुन र चाँदीको मूल्य सोमबार भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो दिनको तुलनामा सात रुपैयाँले घटेर छापावाला सुन १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  छ । 

त्यस्तै यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, यो दिन चाँदीको मूल्य पनि घटेको छ ।यो दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.४८ प्रतिशतले घटेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेर प्रतिऔंस २ हजार ३४ डलरमा कारोबार भइरहेको छ ।