काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार १८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19