काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बुधबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १०० रुपैयाँले घटेर तोलामा १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो दिन चाँदी पनि ५ रुपैयाँले घटेको छ ।  चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा  सुनको भाउ प्रतिऔंस २ हजार २९ डलरमा कारोबार भइरहेको छ ।