काठमाण्डौ । नेपाली बजारमा सुन तथा चाँदीको भाउ सोमबार भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन पनि सोहि मूल्यमा कारोबार भइरहेको  छ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदी तोलामा १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको  छ। सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा बढेर प्रतिऔंस २ हजार ५५ डलरमा कारोबार भइरहेको छ ।