काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बिहीबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा सुनको भाउ २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको छ ।


यसैगरी, यो दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ । बिहीबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंंस २ हजार ३२ डलरमा कारोबार भइरहेको  छ।