काठमाण्डौ । हकप्रद सेयर निष्कासनको मुख्य अजेन्डासहित घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २६ गते कैलालीको धनगढीस्थित शुभश्री प्यालेसमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा मुख्य अजेन्डाका रुपमा रहेको हकप्रद सेयर निष्कास गर्ने विशेष प्रस्ताव पारित हुनेछ । सभामा संस्थाले चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ५५ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ ।

हाल १० जिल्ला कार्यक्षेत्र रहेको यो संस्थाले सुदूरपश्चिम प्रदेशभित्र कार्यक्षेत्र रहने गरी वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायत महत्वपूर्ण प्रतिवेदन पारित हुनेछन् । 

यो लघुवित्तको २ लाख ७६ हजार २५० कित्ता सेयर दोस्रो बजारमा करिब तीन महिनाअघिबाट कारोबारमा आएको थियो । संस्थाले गत असार आईपीओ निष्कासन गरेको थियो ।