काठमाण्डौ । एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडद्वारा संचालित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ । 

एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको हो । 

गत कात्तिकबाट संचालन अनुमति पाएको एनआइबिएल प्रगति फण्डको प्रति इकाई खूद मूल्य १०.१३ रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म यस्तो मूल्य १०.०५ रुपैयाँ थियो । 

यो स्किमले साउन मसान्तसम्म सूचिकृत सेयरमा ५५ करोड ३९ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १ करोड ३२ लाख बढी लगानी गरेको छ । कुल ७५ करोडबाट सुरु भएको यो स्किमले बैंकमा करिब २२ करोड मौज्दात राखेको छ । 

असार मसान्तसम्म ३४ लाख ९५ हजार रहेको कुल आय साउन मसान्तसम्ममा बढेर ६१ लाखको उचाईमा पुुगेको छ । 

यो स्किमले सबैभन्दा बढी सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको २ लाख ४९ हजार ९०० इकाई खरीद गरेको छ । सबैभन्दा ठूलो रकम ३ करोड २ लाख एशियन लाइफ इन्स्योरेन्सको सेयरमा लगानी गरेको छ । 

यसैगरी, २०७१ कात्तिकबाटै संचालनमा आएको एनआइबिएल समृद्धि फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य पनि बढेको छ । असार मसान्तसम्म १४.९४ रुपैयाँ रहेको यस्तो मूल्य बढेर साउन मसान्तभित्र १५.१९ रुपैयाँ कायम भएको हो । 

यो अवधिसम्म स्किमले सूचिकृत सेयरमा १ अर्ब ४ करोड, ऋणपत्र तथा बण्डमा ३ करोड ३० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा२ करोड ७३ लाख र बैंक मुद्धती निक्षेपमा १० करोड लगानी गरेको छ । 

एक अर्बबाट सुरु भएको यो स्किमको साउन मसान्तसम्मको कुल आय २ करोड ४८ लाख छ । असार मसान्तसम्म ६ करोड ५१ लाख व्यय थियो । 

स्किमले संख्यात्मक हिसाबले सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको १५ लाख ६४ हजार इकाई खरीद गरेको छ । कम्पनीगत हिसाबमा सबैभन्दा धेरै  कित्ता माछापुच्छे बैंकको ५८ हजार १ सय ३९ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा ठूलो लगानी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किममै रहेको छ, जहाँ ४ करोड १५ लाख लगानी गरेको छ ।