 
                     
                                
                             
                                    काठमाण्डौ । पछिल्लो समय श्रीलंकामा आर्थिक संकट झनै गहिरिँदै गएको छ।
श्रीलंकाले अहिलेसम्मकै ठूलो आर्थिक संकटको सामना गरिरहेको हो। जसको सबैभन्दा ठूलो कारण कोरोनाभाइरस महामारीलाई लिइएको छ।
श्रीलंकामा मुद्रास्फीति चरम विन्दुमा पुगेको छ। चामल प्रतिकिलो भारु ५०० सम्म पुगेको छ। ४०० ग्राम धुलो दूध भारु ७९० मा बिक्री भइरहेको छ। एक किलो चिनी किन्न भारु २९० खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
महँगी बढेसँगै खानपानमा समस्या हुन थालेपछि धेरै श्रीलंकाली नागरिक सीमा पार गरी भारतको तमिलनाडुमा प्रवेश गरिरहेका छन्। हालसम्म ४ हजारसम्म श्रीलंकाली नागरिक देश छोडेर भारत प्रवेश गरेको अनुमान गरिएको छ।
यी २ ठूला कारणले श्रीलंका बर्बाद
श्रीलंकामा यो अवस्था सिर्जना हुनुमा दुईवटा मुख्य कारण छन्। पहिलो भनेको पर्यटनबाट हुने राजस्वमा तीव्र गिरावट आउनु नै हो। जब कि तेलको मूल्यमा तीव्र वृद्धि भइरहेको छ। यिनै कारणले श्रीलंकाको अर्थतन्त्र ध्वस्त हुने अवस्थामा पुगेको छ। टापु देश भएकाले श्रीलंका धेरै हदसम्म आयातमा निर्भर छ। श्रीलंकाले तेल, खाद्यान्न, औषधिजस्ता सबै वस्तुको आवश्यकता आयातबाट मात्र पूरा गर्न सक्छ। कोरोनाका कारण पर्यटन उद्योग नराम्ररी प्रभावित भएकाले श्रीलंकामा विदेशी मुद्राको सञ्चिती घटेको छ।
स्वदेशी मुद्रा कमजोर हुनु
श्रीलंकाको मुद्रालाई डलरसँग तुलना गर्ने हो भने मार्च १ यताको एक महिनामा करिब ४५ प्रतिशतले गिरावट आएको छ। यसअघि श्रीलंकाको मुद्रा रुपैयाँ १ डलरको तुलनामा करिब २०२.७५ रुपैयाँको स्तरमा थियो। अहिले डलरको तुलनामा श्रीलंकाली रुपैयाँको भाउ २९२.५ रुपैयाँ पुगेको छ। अर्थात् अहिले आयातमा तिर्ने मूल्य बढेको छ। जसले मुलुकको अर्थतन्त्रलाई असर गरिरहेको छ।
तेलको अभावका कारण एक–अर्कालाई मार्न बाध्य श्रीलंकाली !
श्रीलंका सरकारसँग तेल आयात गर्न विदेशी सञ्चिती नभएकाले तेलको संकट गहिरिएको छ। जसका कारण श्रीलंकामा ७–८ घन्टा विद्युत् अवरुद्ध हुनु सामान्य भइसकेको छ। श्रीलंकाका पेट्रोल पम्पहरुमा यति लामो लाइन देख्न सकिन्छ कि मानिसको गन्ती गर्न गाह्रो हुन्छ।
राजधानी कोलम्बोनजिकै लामो लाइनमा बस्ने क्रममा भएको विवादमा एक व्यक्तिले अर्का एक मोटरसाइकल चालकको हत्यासमेत गरेका थिए। पेट्रोल पम्पमा सुरक्षा व्यवस्था मिलाउन सेना परिचालन गरिएको छ।
महँगी रेकर्डतोड स्तरमा
श्रीलंकामा मुद्रास्फीति गत फेब्रुअरी २०२२ मा १७.५ प्रतिशत पुगेको थियो। जुन एसियाकै उच्च हो। यो निरन्तर बढिरहेको छ।
अर्कोतर्फ श्रीलंकामा विदेशी मुद्राको सञ्चितीमा तीव्र गिरावट आएको छ। श्रीलंकाको केन्द्रीय बैंकका अनुसार जनवरी २०२२ मा श्रीलंकामा विदेशी मुद्राको सञ्चिती २.३६ अर्ब डलर थियो।
यसैबीच प्रधानमन्त्री महिन्दा राजापाक्षेका अनुसार यो वर्ष व्यापार घाटा १० अर्ब डलरसम्म पुग्न सक्छ।
रुस–युक्रेन युद्धले संकट झनै बढ्यो
रुस–युक्रेन युद्ध एक महिनाभन्दा बढी समयदेखि चलिरहेको छ। यही युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढिरहेको छ। पेट्रोलियम पदार्थको मामिलामा पहिले नै संकट झेलिरहेको श्रीलंकाका लागि यो निकै नराम्रो खबर सावित भएको छ। रुसो–युक्रेन युद्धले श्रीलंकाको संकट झनै बढाउने काम गरेको छ।
ऋणमा चुर्लुम्म डुब्यो श्रीलंका
श्रीलंका यतिबेला ऋणमा चुर्लुम्म डुबेको छ। हालै भारतले श्रीलंकालाई ५० करोड डलर ऋण दिएको छ।
त्यसैगरी श्रीलंकाले छिट्टै चीनबाट २.५ अर्ब डलर ऋण लिने तयारी गरिरहेका छन्। यसअघि पनि श्रीलंकामा चीनको मात्रै करिब ५ अर्ब डलर ऋण छ। विश्व बैंकको अनुमानअनुसार महामारी सुरु भएदेखि नै श्रीलंकाका ५ लाख मानिस गरिबीमा फसेका छन्।
अर्गानिक खेतीको निर्णयले कृषिक्षेत्र ध्वस्त
हालै श्रीलंका सरकारले रासायनिक मल र सतप्रतिशत अर्गानिक खेतीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई एकैपटक लागू गरेको छ। यो परिवर्तनले श्रीलंकाको कृषिक्षेत्रलाई ध्वस्त बनाएको छ भने कृषि उत्पादनमा आधा कटौती भएको छ। अर्गानिक खेतीतर्फ बढ्दा लागत बढेर नाफा र माग दुवै घटेको छ। श्रीलंकाको वर्तमान संकट झनै गम्भीर बनाउनका लागि आयातमा अत्याधिक निर्भरता पनि एउटा मुख्य कारण हो। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19