 
                     
                                
                             
                                    काठमाण्डौ । बढ्दो आर्थिक संकटबीच श्रीलंकाको मन्त्रिमण्डलका सबै २६ मन्त्रीले तत्काल लागू हुने गरी आइतबार राति सामूहिक राजीनामा दिएका छन्।
पत्रकारहरुसँग कुरा गर्दै देशका शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापक्षेसमक्ष मन्त्रिमण्डलका सबै मन्त्रीको सामूहिक राजीनामा बुझाएका हुन्। तर उनले यो सामूहिक राजीनामाको कारण भने खुलाएनन्।
राजनीतिक विश्लेषकहरुले श्रीलंकामा देखिएको आर्थिक संकटसँग जुध्ने सरकारको ‘पद्धति’लाई लिएर मन्त्रीहरुमाथि ठूलो जनदबाब रहेको बताएका छन्। आइतबार साँझ श्रीलंकाको सडकमा आमजनताको व्यापक विरोध प्रदर्शन भएको थियो।
देशको वर्तमान अवस्थाबाट आक्रोशित जनताले राष्ट्रपति गोताबाया राजापक्षेको राजीनामा माग गरिरहेका छन्। गत मार्च ३१ मा आक्रोशित प्रदर्शनकारीहरुले गोटाबाया राजापाक्षेको निजी निवासलाई घेरा हालेर बस र सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि सरकारले देशमा संकटकाल घोषणा गरेको थियो।
यद्यपि सामाजिक सञ्जालमार्फत सर्वसाधारणले आइतबार आन्दोलनका लागि सडकमा उत्रने घोषणा गरेका छन्। त्यसको जबाफमा सरकारले ३६ घन्टा कर्फ्यु लगाएको थियो।
आइतबार साँझदेखि राजनीतिक वृत्तमा राजपक्षेले आर्थिक संकटसँग जुध्न अन्तरिम सरकारको विकल्प रोज्न सक्ने चर्चा चलिरहेको थियो।
यतिबेला श्रीलंकासामु धेरै मोर्चामा चुनौती खडा भएको छ । कागज अभावका कारण विद्यार्थीको परीक्षा रद्द गरिएको छ र विद्युत बचत गर्न सडकबत्ती निभाउने गरिएको छ।
यी सबैबाहेक श्रीलंकामा अहिले खाद्यान्नको चरम अभाव छ। जनतासँग खाना छैन। खाना पकाउने ग्यास पनि छैन। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19