 
                     
                                
                             
                                    काठमाण्डौ । चरम आर्थिक संकटका कारण समस्यामा परेको श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। नवगठित मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका छन्।
सरकारविरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजपाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागेका थिए तर सबैले अस्वीकार गरेनन्।
विदेशी मुद्रा सञ्चितिको ह्रासका कारण श्रीलंकामा ठूलो मात्रामा विद्युत कटौती भएको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ। जसका कारण श्रीलंकाका जनताले राष्ट्रपति राजपाक्षेको राजीनामा माग गरिरहेका छन्।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।
नयाँ मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपतिको निर्णयको विपक्षी दलहरुले विरोध गरेका छन्। विपक्षीले अनुभवविहीनलाई मन्त्रिपरिषदमा सहभागी गराएकोमा आपत्ति जनाएका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19