काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ४ महिनापछि बुलिस क्रसओभर भएको छ। (हेर्नुहोस् कालो एरो)
गत जुन २६ मा बुलिस क्रसओभर भएको बजारमा गत अगस्ट ७ मा भने बियरिस क्रसओभर भएको थियो। त्यसपछि आज बजारमा ४ महिनाको एक चक्र पूरा गर्दै बुलिस क्रसओभर भएको हो भने हिस्टोग्राम पनि पोजिजिभ भएको छ।
योसँगै बोलिंगर ब्यान्डमा दसैँअगाडि तल्लो ब्यान्डमा सपोर्ट लिएर फर्केको बजारले आज मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यदि आगामी कारोबारमा मध्य ब्यान्डलाई पनि ब्रेक गरेर माथि लाग्छ भने बजारले अबको यात्रा बोलिंगर ब्यान्डकै अप्पर ब्यान्डतर्फ हुनेछ।
यसैगरी आरएसआई ओभरसोल्ड २६ को तहमा दुईपटक छोएर ‘डब्ल्यू’ आकार अर्थात डबल बटम बनाउँदै ४५ को न्युट्रल जोनमा पुगेको छ। यसले बजारमा ट्रेन्ड रिभर्सल हुँदै गरेको बुझिन्छ। (हेनुहोस् कालो एरो)
यदि आगामी कारोबारमा बजार १९०० भन्दा माथि भोलुमसहित टिक्छ र बोलिंगर ब्यान्डको मध्य ब्यान्ड ब्रेक गरेर हरियो लामो मारुबुजु क्यान्डल बनाउँछ भने बजारले एकपटक पुनः माथिको यात्रा तय गर्दै गरेको बुझ्न सकिन्छ।
नोट : यो विश्लेषण टेक्निकल टुल्सका आधारमा गरिएको हो। यो कुनै कारोबारका लागि सिफारिस भने होइन। सेयर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago