– अर्जुन तिमिल्सिना
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको एउटा मल्टिनेसनल बैंक हो। यो बैंकको बेलायतलगायत अफ्रिका, एसिया र मध्यपूर्वमा शाखाहरु छन्। यो बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा आएको हो। यो बैंकको सेयर स्वामित्वमा स्ट्यान्डर्ड समूहको ७०.२१ प्रतिशत रहेको छ भने २९.७९ प्रतिशत नेपाली सर्वसाधारणको रहेको छ।
आधारभूत पक्ष
यो बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ। बैंकको रिटेन अर्निङ २ अर्ब ३९ करोड रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ३७.१९ रुपैयाँ रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंक हाल साप्ताहिक बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ। बैंकको ५२ साताको उच्च मूल्य ५४६ रुपैयाँ र न्यून मूल्य ३८३ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा बैंकको अन्तिम कारोबार ५४० रुपैयाँमा भएको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा यो बैंकको मूल्यरेखाले अप्पर ब्यान्डमा छोएर रातो मारुबुजु क्यान्डल बनेको छ। यसले यो बैंकमा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ। म्याक्डीमार्फत हेर्दा गत १२ अप्रिलमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। आरएसआई हाल ओभर बट जोननजिक ६८ मा रहेको छ।
समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा अल्पकालमा सामान्य रुपमा यो बैंकमा सेयरभाउमा करेक्सन आउन सक्छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डअन्तर्गत यो बैंकमा करिब ४ महिनादेखि बुलिस क्रसओभर बनेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। मूल्यरेखाले गत डिसेम्बरमै टे«न्ड लाइनलाई तलबाट काटेर माथि गएको छ र हालसम्म पनि भ्यालिड नै रहेको छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ५१७
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक मजबुत नै रहेको छ। बैंकको पुँजीको करिब ७५ प्रतिशत रिजर्भमा रहेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासदेखि हालसम्म बैंकको रिटर्न अन इक्विटी बढ्दो गतिमा रहेको देखिन्छ। प्रतिसेयर आम्दानी पनि बढेको छ। एनपीएल १ प्रतिशतभन्दा तल नै रहेको छ।
प्राविधिक रुपमा यो बैंकलाई हेर्दा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ भने दीर्घकालमा बैंकको मूल्यले फेरि उकालो यात्रा तय गर्न सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19