काठमाण्डौ । सेयर बजारमा आज सोमबार सामान्य अंकले बढेको छ। अघिल्लो साता घटेको बजार यो साता पनि पहिलो कारोबार दिन आइतबार गिरावट आएको थियो। 

आजको बजारलाई कारोबार तथा भोलुममार्फत हेर्दा भने ४ महिनापछिकै कम भोलुम आएको छ। अर्थात्, गत डिसेम्बर १४ पछिकै कम कारोबार भएको हो। 

गत डिसेम्बर १४ मा जम्मा ७२ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। त्यसपछि आज बजारमा जम्मा ७५ करोडको रुपैयाँमात्रै कारोबार भएको छ। 

बजारमा झिनो अंकले मात्रै बढ्नु र कारोबार घट्नुले भने बजारले रिभर्सल लिन सक्ने पूर्वसंकेतका रुपमा पनि लिन सकिन्छ। तर, यसको कन्फर्मेसनका लागि भने भोलिको बजार १९०० भन्दा माथि बन्द हुनुपर्नेछ। 

डाउ थेउरीमार्फत हेर्दा भने अझै पनि बजारले लोवर लो बनाएको छैन। यसको अर्थ बजारमा रिभर्सलको सम्भावना जीवितै छ। 

क्यान्डल स्टिकमार्फत आजको बजारलाई हेर्दा रातो मारुबुजु क्यान्डलपछि ह्याम्मर प्रकृतिको क्यान्डल बनेको छ। यसले पनि बजार घट्न रोकिएको मान्न सकिन्छ। यसका लागि पनि भोलिको दिनभरको क्यान्डल बुलिस मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ। 

यदि आगामी कारोबारमा एभरेज भोलुमभन्दा बढी भोलुम  आएर बजार बढेमा बजारको माथिको यात्रा लिन सक्नेछ। अन्यथा, बजार अझै केही समय साइडवज पनि चल्न सक्ने छ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका सिफारिस भने होइन।