काठमाण्डौ । आज सेयर बजार ४ महिनापछि १९०० को विन्दुबाट तल झरेको छ। यसअघि बजार गत जुन ६ मा १९०० को विन्दुबाट माथि लागेको थियो। 

बजार १९०० को विन्दुबाट माथि लागेर इलिअट वेभको प्रस्ट रुपमा १, २, ३, ४ र ५ बनाउँदै २२४० सम्म पुग्यो। त्यहाँबाट खस्न सुरु गरेको बजारमा आजसम्म ३५० अंकको गिरावट आइसकेको छ। 

यो साता लगातार ३ दिन बजारमा गिरावट आइसकेको छ। अघिल्लो दिनको तुलनामा आज बजार घट्दा भोलुम भने बढेको छ। यो त्यति राम्रो संकेत भने होइन। 

बजारलाई इलिअट वेभमार्फत हेर्दा यदि माइनरको वेभ–२ को करेक्सन मान्ने हो भने हालको करेक्सनलाई १८५० सम्मलाई भ्यालिड मान्न सकिन्छ। त्योभन्दा माथि कुनै पनि विन्दुबाट बजार फर्किन्छ भने त्यो वेभ–३ हुन जान्छ। त्यसका लागि बजार २००० भन्दा माथि नटिकेसम्म यकिन गर्न भने सकिँदैन। 

हालको बजारलाई विभिन्न इन्डिकेटरमार्फत डेली बेसमा हेर्दा आरएसआई आज ३२ को तहमा पुगेको छ। यस्तो विन्दु एकपटक ३० भन्दा तल आएर भोलुमसहित कारोबार भएपछि बजार पनि फर्किन सक्छ। यसअघि गत सेप्टेम्बर ७ मा पनि यस्तै भएको थियो। त्यतिबेला आरएसआई ३० को तहमा आएपछि बजार फर्केको थियो। (हेर्नुहोस् कालो एरो)

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।