काठमाण्डौ । चालु खाता र शोधानान्तर तीव्र घाटामा गइरहेको देखिएको छ ।
चालु आर्थिक वर्षको ७ र ८ महिनाको तुलनात्मक समीक्षा गर्दा एकमहिनाकै अवधिमा चालु खाताको घाटा झण्डै १३ अर्बले बढेको देखिएको छ भने शोधानान्तर पनि साढे ६ अर्बले घाटामा गएको देखिएको हो ।
नेपाल राष्ट्रबैंकका अनुसार अघिल्लो वर्षको आठ महिनामा चालू खाता रु. ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटा विस्तार भई रु. १५३ अर्ब ९६ करोड पुगेको छ । सात महिनामा १४१ अर्ब ४ करोड घाटामा रहेको चालु खाता आठ महिनामा १५३ अर्ब ९६ करोडले घाटामा गएको हो । यो हिसाबले एक महिनाकै अवधिमा चालु खाताको घाटा १२ अर्ब ९२ करोडले बढेको देखिएको छ ।
समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको बताइएको छ ।
त्यसैगरी, अघिल्लो वर्षको आठ महिनामा रु. ५० अर्ब २ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. २४ अर्ब ७३ करोडले घाटामा रहेको छ । सात महिनासम्ममा शोधानान्तर १८ अर्ब २८ करोड मात्र घाटामा थियो । शोधानान्तर घाटा समेत एकमहिनाको अवधिमा साढे ६ अर्बको हाराहारीमा बढेको देखिएको छ ।
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोलगानी रु. ८ अर्ब ३५ करोड रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago