काठमाण्डौ । चालु खाता घाटा बिस्तार हुँदै गएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चालु खाता घाटा बिस्तार भई रु. ८१ अर्ब ९६ करोड पगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. २५ अर्ब ५२ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो २ महिनासम्म चालु खाता घाटा बिस्तार भई ३५ अर्ब ५६ करोड मात्र पुगेकोमा त्यो अचाक्ली बिस्तार भई ८१ अर्ब ९६ करोडको उचाईमा पुगेको हो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७१ करोड ६९ लाख पुगेको छ । पहिलो २ महिनामा अमेरिकी डलरमा चालु खाता घाटा ३२ करोड १ लाख पुगेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर खाता रु.३५ अर्ब ४२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता रु.४ अर्ब २७ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा शोधनान्तर खाता अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ३१ करोड ६२ लाखले घाटामा रहेको छ ।