काठमाण्डौ । नेपालको चालू खाता करिब १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० /०८१ को पाँच महिनाको अवधिमा चालू खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो।
 

केन्द्रीय बैंकका अनुसार  समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक छ।

अघिल्लो वर्षको सोही अवधिमा भने पूँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक रथियो।

यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ।

अघिल्लो वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा थियो।