काठमाण्डौ । कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो।
चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) अनुसार यस वर्षको फेब्रुअरीमा सवारी साधनको बिक्री न्यून भएर तीन लाख १० हजारमा सीमित भएको छ। संघले चीनमा सवारी साधनको बिक्रीमा कमी आएको यो लगातार २०औं महिना हो।
संघका वरिष्ट अधिकारी चेन शिहुवाले नयाँ विद्युतीय कारको बिक्रीमा कमी आएको बताउनुभयो। विद्युतीय कारको बिक्रीमा लगातार आठ महिनादेखि कमी हुँदै आएको छ।
संघका अधिकारीले यस वर्षको पहिलो छ महिनामा १० प्रतिशतभन्दा बढीले घट्ने देखिएको बताएका छन्। अप्रिल अघि चीनमा कोरोनाभाइरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिए पनि वर्षभर करिब ५ प्रतिशतले कमी आउने छ।
कार उत्पादनको प्रमुख केन्द्रका रुपमा रहेको हुबे प्रान्तमा रहेका सबैजसो कार निर्माता कम्पनीहरुले उत्पादनमा ढिलाई गर्ने बताएका छन्। हुबेमा डोङफेङ मोटर ग्रुप कम्पनी र यसका साझेदार कम्पनीहरु होन्डा मोटर, रेनल्ट एसए र प्युजेट एसएका कारखानाहरु रहेका छन्।
शाङ्घाईमा रहेको टेस्लाको उत्पादन र वितरण पनि प्रभावित भएको छ। तर हुबे प्रान्तको राजधानी उहानका सरकारी अधिकारीहरुले कोरोनाभाइरसको त्रास कम भएको जनाउँदै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ । यहाँ होन्डाले आफ्नो कारप्लान्ट शुरु गरेको छ।
निस्सान मोटरले पनि हुबेकै अर्को शहर सियानग्याङस्थित कारखानाबाट आंशिक उत्पादन थालेको छ भने हेनानको झेङझाउ प्लान्ट शुरु गर्ने योजना अघि बढाएको छ।
संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण पनि चीनको कार बजारमा असर परेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19