काठमाण्डौ । गहिरो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा मुद्रास्फीति दर चिन्ताजनक अवस्थामा पुगेको छ।
खाद्यवस्तुको मूल्यवृद्धिका कारण अप्रिलमा मुद्रास्फीति ३० प्रतिशतको हाराहारीमा पुगेको हो। जब कि मार्चमा मुद्रास्फीति १८.७ प्रतिशतमात्रै थियो।
श्रीलंकाको जनगणना तथा तथ्यांक कार्यालयले आइतबार अप्रिल महिनाको मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गरेको थियो। तथ्यांकअनुसार गत महिना श्रीलंकाको समग्र मुद्रास्फीति २९.८ प्रतिशत पुगेको छ। यसरी एक महिनाभित्र मुद्रास्फीतिमा तीव्र उछाल आएको छ। मार्चमा मुद्रास्फीति १८.७ प्रतिशत रहेको थियो।
श्रीलंकामा खाद्य मुद्रास्फीति अप्रिलमा ४६.६ प्रतिशतको चिन्ताजनक स्तरमा पुगेको छ। मार्चमा यो ३०.२१ प्रतिशत थियो। यसरी मुद्रास्फीति बढ्नुको कारण भनेको पैसाको अभाव नै हो। पैसाको अभाव कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्नको आपूर्ति पनि राम्रोसँग गर्न सकेको छैन। जसका कारण खाद्यवस्तुको भाउ निकै बढेको छ।
श्रीलंका सरकारले हालको आर्थिक संकटबाट बच्न ४ अर्ब डलरको वैदेशिक सहायताको अपेक्षा गरेको छ। यसका लागि उसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थासँग पनि सम्पर्क राखेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19