-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । रसुवा जिल्लामा २२.१ मेगावट क्षमताको चिलिमे जलविद्युत कम्पनीको आयोजना रहेको छ। यो कम्पनीका भागिनी संस्थाअन्तर्गत ३ वटा कम्पनीबाट २७०.३ मेगावट विद्युत् उत्पादन हुने चरणमा छन् । जसअन्तर्गत साञ्जेन जलविद्युत माताहत  ४२.५ मेगावट र अप्पर साञ्जेनअन्तर्गत १४.८ मेगावट छन्। यी कम्पनीमा चिलिमेको ३८ प्रतिशत सेयर लगानी छ। 

दोस्रोमा १०२ मेगावटको मध्य भोटेकोशी जलविद्युत् कम्पनी पर्छ। यसमा पनि चिलिमेको ३८ प्रतिशत नै लगानी छ। 

त्यसैगरी रसुवागढी हाइड्रो कम्पनीअन्तर्गत १११ मेगावटको आयोजनामा चिलिमेको ३३ प्रतिशत लगानी छ।गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी ७ अर्व २५ करोड रुपियाँ रहेको छ ।

कम्पनीको रिटेन अर्निङ ३ अर्व ३० करोड रुपियाँ रहेको छ । कम्पनीको खुद मुनाफा ६९ करोड ४५ लाख रुपियाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.४७ रुपियाँ रहेको छ । मूल्य आम्दानी अनुपात ५०.६६ गुणा रहेको छ । कम्पनीको नेटवर्थ १४५.४९ रुपियाँ रहेको छ । 
इलिअट वेभको आधारमा 
इलिअट वेभमा बजार तथा कम्पनीको मूल्यमाथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 
यो कम्पनीको सेयर भाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फेरेमको वेभ एबीसी  चल्दै गरेको देखिन्छ । कम्पनीको न्युन मुल्य ३२८रुपियाँदेखि ४२४  सम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २ मा ३३० सम्म वेभ ३  मा बढोत्तरीका साथ ५०५ रुपियाँ   सम्म र वेभ ४ मा करेक्सन भएर पुनः ४६१ सम्म आएको छ । त्यसपछि  यो कम्पनीको सेयरमा बढोत्तरी आँउदा वेभ ५ को बढोत्तरी लिएको छ  ।

त्यो भनेको ५९० रुपियाँसम्म यो कम्पनीको सेयर भाउ पुग्न सक्नेछ । हाल यो कम्पनीको दोस्रो बजारमा एबीसी चल्दै गर्दा कम्पनीको सेयर भाउ ४४० सम्म आउन सक्छ ।  यो कम्पनीको  दोस्रो बजारमा हाल ४७२ रुपियाँमा अन्तिम कारोबार भएको छ । 

फियर एण्ड ग्रिड मिटरबाट हेर्दा यो कम्पनी हाल साप्ताहिक रुपमा वियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको न्युन मूल्य ३५१ रुपियाँ र उच्च मूल्य ५८८ रुपियाँ पुगेको थियो । कम्पनीमा सतप्रतिशत सेयर सर्वसाधरणमा परिणत भै सकेको छ । 


बुटवल पावर कम्पनी 
नेपालका जलविद्युत कम्पनीहरुमध्ये बुटवल पावर पनि एक हो। यो कम्पनी सन् १९६६ मा प्राइभेट कम्पनीका रुपमा स्थापना भएको थियो। पछि सन् १९९३ मा पब्लिक लिमिटेड भएको थियो। बुटवल पावरपछि पुनः सन् २००३ मा पब्लिक प्राइभेट पार्टनरसिप कम्पनीका रुपमा सञ्चालन भएको हो। 

हाल यो कम्पनीका १०० मेगावटभन्दा बढी जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्। बुटवल पावरको चुक्तापूँजी ३ अर्ब २४ करोड रुपैयाँ र रिजर्भमा ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

कम्पनीको गत  आर्थिक बर्षको चौथो प्रतिबेदन अनुसार चुक्तापूँजी ३ अर्व ४० करोड रुपियाँ रहेको छ । कम्पनीको खुद मूनाफा २६ करोड ७३ लाख रुपियाँ रहेको छ । कम्पनीको नेट वर्थ २०५ रुपियाँ रहेको छ भने प्रतिसेयर आम्दानी ७.८४ रुपियाँ रहेको छ । 
प्राविधिक पक्ष :
यो कम्पनीको सेयर भाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फेरेमको वेभ ३  चल्दै गरेको देखिन्छ । कम्पनीको न्युन मूल्य २७५ रुपियाँ देखि ३७०  सम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २ मा २९८ सम्म, वेभ ३  मा बढोत्तरीका साथ ४४० रुपियाँ सम्म र वेभ ४ मा करेक्सन भएर पुनः ३९५ सम्म आउन सक्छ । त्यस पछि  यो कम्पनीको सेयरमा बढोत्तरी आँउदा वेभ ५ को बढोत्तरी लिन सक्छ  । त्यो भनेको ५२० रुपियाँसम्म यो कम्पनीको सेयर भाउ पुग्न सक्छ  । हाल यो कम्पनीको दोस्रो बजारमा २९९ रुपियाँमा अन्तिम काराबोर भएको छ  । 

कम्पनीलाई फियर एण्ड ग्रिड मिटरबाट हेर्दा सापताहिक वियरिस सेन्टिमेन्टमा चलको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य २९२ र उच्च मुल्य ३५२ रुपियाँ सम्म पुगेको छ । कम्पनीमा ६७.५  प्रतिशत संस्थापक समूह र ३२.५ प्रतिशत सर्वसाधारण समूहको सेयर रहेको छ । कम्पनीमा ७.४२ प्रतिशत सरकारी सरकारको स्वामित्व रहेको छ । 


निष्कर्ष :

 आधाभूत रुपमा चिलिमे जलविद्युत् कम्पनी र बुटवल पावर कम्पनी बलिया सँस्था हुन् । यी दूबै कम्पनीका भागिनि परियोजना निमार्ण हुँदै गरेका छन् । बुटवल पावर कम्पनीको १ सय मेगावट र चिलिमे जलविधुत कम्पनीको २७० मेगावटका परियोजना निमाणाधीन रहेका छन् ।

यी दुई कम्पनीहरुमा पनि प्रतिसेयर आम्दानी र नेटवर्थमा चिलिमे जलविद्युत् कम्पनी अगाडी रहेको छ । नेटवर्थमा भने बुटवल पावर कम्पनी अगाडी रहेको छ । लाभांश वित्तरणको हिसावले भने चिलिमे जलुविद्यत् कम्पनी अगाडी रहेको छ ।

चिलिमे जलविद्युतले १० बर्षमा औषत २५. प्रतिशतले लाभांश दिएको छ । बुटवल पावरको भने १० बर्षको  औषत लाभांश २१.५ प्रतिशतले लाभांश वितरण गरेको छ ।बुटवल पावर कम्पनीले लगानीकर्ताहरुलाई बोनसको तुलनामा क्यास डिभिडेन्ड बढी फोकस गरेको देखिन्छ ।  
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबार सिफारिस होइन ।