काठमाण्डौ । चीनका एक जना पूर्व बैंकरलाई सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामा आजीवन जेल सजाय सुनाइएको छ ।

दक्षिणी चीनमा रहेको एउटा सहरमा बैंक अफ चाइना(बीओसी) को  शाखा प्रमुख रहेका सु गुओजुनलाई २.३ बिलियन युआन अर्थात् ३२५ मिलियन अमेरिकन डलर घूस लिएको अभियोगमा दोषी ठहर गरिएको छ ।

उनी त्यहाँ सन् १९९३ देखि २००१ सम्म शाखा प्रबन्धक थिए ।अदालतको फैसलामा सु र बैंक अफ चाइनाका अन्य दुई पूर्व कर्मचारीहरूले ऋणदाताको कोष व्यवस्थापन प्रणालीमा रहेका कमजोरीहरूको फाइदा उठाएर घूस लिएका थिए ।

सुका दुई सहयोगीलाई यसअघि १२ र १३ वर्षको जेल सजाय सुनाइएको छ। स्थानीय सञ्चारमाध्यमका प्रहरीले २ अर्ब युआनभन्दा बढी रकम अहिले बरामद भएको छ।सन् २००१ मा भागेर अमेरिका भागेका उनी दुई वर्षअघि स्वदेश फर्किएका थिए ।

उनले अदालतको फैसलामाथि पुनरावेदन भने नगर्ने बताएका छन्। उनको सम्पुर्ण सम्पत्ति जफत गरिएको छ भने आजीवन राजनीतिक अधिकारबाट समेत बञ्चित गरिएको छ । गत अक्टोबरमा, बैंक अफ चाइनाका एक पूर्व अध्यक्ष लिउ लियान्जे पनि घूसखोरी र अवैध रुपले ऋण दिएको आरोपमा पक्राउ परेका थिए। २०१९ देखि २०२३ सम्म उक्त बैंकको अध्यक्ष रहेका उनले यसै वर्षको मार्चमा पदबाट राजीनामा दिएका थिए ।

चिनियाँ राज्यको स्वामित्वमा रहेका अन्य बैंकहरूका हाई प्रोफाइल वित्तीय अधिकारीहरू पनि यसअघि नै पक्राउ परिसकेका छन् ।यसका साथै अन्य हाइप्रोफाइल बैंकरहरु माथि पनि अनुसन्धान भइरहेको नियामकले बताएको छ ।

यसैगरी, त्यहाँको नियामकले चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष वाङ बिनलाई गत सेप्टेम्बरमा घूस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ ।त्यस्तै चीनका पूर्व सुरक्षा जो योङकाङलाई झन्डै १३ करोड युआन रकम घूस लिएकोमा आजीवन जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति सी चिनफिङले सुरु गरेको भ्रष्टाचार विरोधी महत्वपूर्ण अभियान अन्तर्गत त्यहाँ अहिले नियामकहरुले हाइप्रोफाइल बैंकर, सुरक्षा अधिकारी, बीमा प्रमुख तथा वित्तीय संस्थामा उच्च ओहोदामा कार्यरत कर्मचारीहरुमाथि अनुसन्धान गरिरहेका छन् ।

सरकारले भ्रष्टाचार विरोधी अभियान कसिलो पारेसँगै त्यहाँका वित्तीय र प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू एकपछि अर्को गर्दै चपेटामा पर्दै आएका छन् ।-एजेन्सी