काठमाण्डौ । कोरोनाभाइरसको महामारी सुुरुआत भएपछि पहिलोपटक चीनका औद्योगिक कलकारखानाको उत्पादन वृद्धि भएको छ। तथापि अझै पनि चीनको अर्थतन्त्रसामुु केही मुुख्य चुुनौतीहरु बाँकी नै रहेका छन्।
चीनको राष्ट्रिय तथ्यांक विभागको आँकडाअनुुसार अप्रिल महिनामा उत्पादन ३.९ प्रतिशतले बढेको छ। विशेषज्ञहरुले आँकलन गरेभन्दा यो उत्पादन १.५ प्रतिशत बढी हो।
डिसेम्बर महिनापछि चीनको उत्पादन क्षमतामा वृद्धि भएको हो। यो वर्षको सुुरुआती केही साता अर्थतन्त्रमा व्यापक सुुस्तता छाए पनि यतिबेला चीन विस्तारै सामान्यीकरणतर्फ अग्रसर भइरहेको छ।
क्यापिटल इकोनोमिस्कका वरिष्ठ अर्थशास्त्री जुुलियन इभान्स् प्रिचहार्डले उद्योग कलकारखाना खुुलाउन चीनको सरकारको दिएको दबाबका कारण त्यहाँको उत्पादनमा वृद्धि भएको बताएका छन्। चिनियाँ सरकारले अर्थतन्त्रलाई पुुनर्जीवित गर्न विभिन्न योजना ल्याउन लागेकाले यो औद्योगिक उत्पादनको वृद्धिले निरन्तरता पाउने जुुलिएनले विश्वास गरेका छन्।
उत्पादन वृद्धि भए पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशका लागि शुुभ समाचार भने छैन। यतिबेला चीनको घरायसी माग धेरै नै कमजोर बन्न पुुगेको छ। अप्रिल महिनामा चीनको खुुद्रा बिक्रीमा ७.५ प्रतिशतको गिरावट आएको छ। सहरी क्षेत्रमा आधिकारिक बेरोजगार दर ६ प्रतिशत पुुगेको छ। मार्च महिनामा यो दर ५ं९ प्रतिशत थियो भने फेब्रुुअरी महिनामा ६.२ प्रतिशत थियो।
जुुलियनका अनुुसार आँकडाले सहरी क्षेत्रको मात्रै प्रतिनिधित्व गरेकाले आधिकारिक आँकडाभन्दा बेरोजगार दर दोब्बर हुुन सक्छ। यो आँकडाले चीनमा काम गर्ने २९० मिलियन प्रवासी कामदारलाई समेटेको छैन।
गत वर्षको तुुलनामा यो वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा ६.८ प्रतिशतको संकुुचन देखिएको थियो। परिणामस्वरुप उत्पादकत्वमा ९८ बिलियन डलरको घाटा पुुगेको थियो। यसको बाबजुुत पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको जीडीपीमा यो वर्ष १.२ प्रतिशत वृद्धि हुुने प्रक्ष्यपण गरेको छ।
चीनमा केही दिनयता फेरि नयाँ कोरोाना संक्रमणका केसहरु देखिएका छन्। जसका कारण संक्रमणको दोस्रो लहर सुुरु हुुन सक्ने भय देखिन्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19