काठमाण्डौ । चीनको निर्यात पछिल्लो सात वर्षको अवधिमा पहिलोपटक घटेको छ ।

आज प्रकाशित भएको चीनको भन्सार तथ्यांकका अनुसार सन् २०२३ मा चीनको आयात ७ वर्षको अवधिमा पहिलोपटक घटेको हो । 

गत डिसेम्बर महिनामा अमेरिकी डलरमा भएको चीनको निर्यात अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २.३ प्रतिशतले बढेको थियो । त्यस्तै आयात ०.२ प्रतिशतले बढेको थियो । 

समग्रमा गत वर्ष चीनको निर्यात ४.६ प्रतिशतले घटेको छ । यसभन्दा अघि सन् २०१६ मा वार्षिक निर्यातमा कमी आएको थियो । सन् २०१६ मा चीनको वार्षिक निर्यात ७.७ प्रतिशतले घटेको थियो । 

गत वर्ष चीनको आयातमा पनि ५.५ प्रतिशतको कमी आएको छ । पछिल्लोपटक चीनको आयातमा सन् २०२० मा गिरावट आएको थियो । 
विश्वव्यापी सुस्त आर्थिक वृद्धिका कारण चिनिया वस्तुको मागमा कमी आएकाले गत वर्ष चीनको मुख्य व्यापारिक साझेदारहरुसंगको व्यापारमा कमी आएको थियो । 

क्षेत्रिय आधारमा सन् २०२३ मा दक्षिणपूर्वका एशियाली देशहरुको संगठन चीनको प्रमुख व्यापार साझेदारका रुपमा रह्यो । त्यसपछि दोस्रो ठूलो व्यापार साझेदारका रुपमा युरोपियन युनियन रह्यो । 

देशको आधारमा भने चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा अमेरिका देखियो ।  

यस वर्ष रुसमा भने चिनिया निर्यात झण्डै ४७ प्रतिशतले वृद्धि भयो । रुसबाट चीनमा हुने आयात १३ प्रतिशतले बढ्यो । 
सन् २०२३ मा चीनका सबैजसो सामग्री
को निर्यातमा कमी आएको छ । मेशिनरी, पानी जहाज र घरायसी उपभोग्य सामग्री भने अपवादको रुपमा रहे । 

अटो सेक्टरमा भने केहि आशाका किरणहरु देखिएको छ । यस वर्ष चीनबाट अटो क्षेत्रबाट हुने आयात ६९ प्रतिशतले वृद्धि भएको छ ।   - एजेन्सी