काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको थियो। मंगलबार फेरि घटेर बन्द भएको छ।
कच्चा तेलको दोस्रो ठूलो ग्राहक चीनमा कच्चा तेलको माग कम भएपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार तेलको भाउ घटेको हो। अमेरिका भने कच्चा तेलको सबैभन्दा ठूलो ग्राहक हो।
साउदी अरबले अगस्टको सुरुआतदेखि कच्चा तेलको उत्पादनमा कटौती गरेको छ। कच्चा तेलको उत्पादनमा कटौती मूल्य बढ्न अनुमान गरिएको थियो। तर, पछिल्लो समय चीनमा तेलको माग घटेसँगै मूल्य सामान्य तल–माथि भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार बेन्चमार्क ब्रेन्ट क्रुड ४३ सेन्टले घटेर प्रतिब्यारल ८४.०३ डलर कायम भएको छ। ब्रेन्ट क्रुड सोमबार ८४.४६ डलर प्रतिब्यारल कायम भएको थियो।
यसैगरी डब्ल्यूटीआई क्रुड पनि मंगलबार ३७ सेन्टले घटेर ८०.३५ डलर प्रतिब्यारल कायम भएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19