काठमाण्डौ । चीनको वुहान सहरबाट कोरोनाभाइरसको कहर सुरुआत भएको सारा विश्वलाई ज्ञान छ।

अहिले चीनको अवस्था पहिलेको तुलनामा सामान्य बन्दै गएको छ। जसका कारण चीन सरकारले लकडाउन खुकुलो पार्दै गएको छ। जसका कारण उद्योगधन्दा, पसललगायत क्षेत्र खुल्न थालेका छन्। 

यसबीच लकडाउन खुकुलो भएसँगै खुलेको चीनको एउटा उद्योगमा फरकशैलीमा खुसियाली मनाइएको छ। जहाँ अनौठो किसिमको खेल खेलियो। खेलको नाम राखियो ‘किसिङ कन्टेस्ट’ अर्थात चुम्मा प्रतियोगिता।

यो प्रतियोगिताका तस्बिर र भिडियोहरु अहिले सामाजिक सञ्जालहरुमा निकै भाइरल भइरहेका छन्। जहाँ फरकफरक प्रतिक्रियाहरु पनि आइरहेका छिन्।

लकडाउन खुकुलो पारेसँगै खुलेको चीनको सुजौ सहरस्थित उक्त उद्योगमा खुसियालीमा यस्तो प्रतियोगिता गरिएको हो। जहाँ कर्मचारीहरुले एक–अर्कालाई किस गरिएको दृश्य सार्वजनिक भए। तर आपसमा किस गर्दै गरेका कर्मचारीहरुबीचमा भने सिसा राखिएको थियो।

उता सामाजिक सञ्जालमा भने यो प्रतियोगिताको निकै आलोचना भइरहेको छ। कतिपयले चीन सरकारले सामाजिक दूरी बढाउन भनिरहेकै बेला त्यहाँका कर्मचारीले भने सरकारको निर्णयको धज्जी उडाएको आरोप लगाइएको छ। 

ग्लोबल टाइम्सका अनुसार किसिङ कन्टेस्ट उद्योग सुचार भएको खुसियालीमा राखिएको हो। उद्योगका सञ्चालकले भने जोखिम न्यूनीकरणका लागि आपस किस गर्दै गरेका कर्मचारीका बीचमा सिसा राखिएको बताएका छन्। उनले भने, ‘प्रतियोगितामा भाग लिन केही कर्मचारी विवाहित जोडी छन्।’

कोरोना महामारीबीच उत्पन्न तनाव गर्नका लागि यस किसिमको प्रयोगिता राखिएको उद्योग सञ्चालकको भनाइ छ। – एजेन्सी